

रामेछापको मन्थली नगरपालिका २ करमबोटमा "दीपशिखा ब्वाईज युनाइटेड क्लब"ले चाडपर्व लक्षित गरी हरेक वर्षझैँ २०८३ को विजयादशमीको शुभकामना आदानप्रदान भेटघाट र आत्मीयतालाई भाइचारापनको आभास दिलाउनको लागि चौथो रामेछाप कप २०८३ फुटबल प्रतियोगिता आयोजना गरेको छ। उक्त प्रतियोगितामा ३०३३३३ रुपैयाँको यति ठूलो रकम प्रथम पुरस्कारमा राखिएको हुनाले यस प्रतियोगितामा १० टिमको प्रत्यक्ष सहभागिता रहेको भनी क्लबका अध्यक्ष 'आशिष कार्की'ले जानकारी दिएका छन्। उक्त फुटबल प्रतियोगिताका प्रमुख अतिथि रामेछापका पूर्व संविधानसभा सदस्य मा.तारानारायण श्रेष्ठले गरेका छन् भने कार्यक्रम असोज २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।