BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

कस्तो बनाउँलान दोलखाको नौ वटा स्थानीय तह निर्वाचित प्रमुख तथा उपप्रमुखले

दिपक बस्नेत जेष्ठ ८, तामाकोशी करिव लामो समयको चुनावी अभियान हाल सकिएको छ । देश भरि चॅ

कस्तो बनाउँलान दोलखाको नौ वटा स्थानीय तह निर्वाचित प्रमुख तथा उपप्रमुखले

दिपक बस्नेत

जेष्ठ ८, तामाकोशी

करिव लामो समयको चुनावी अभियान हाल सकिएको छ । देश भरि चुनावी अभियान संचालन भएको थियो । अहिले ठुला महानगर र उपमहानगर बाहेकका प्रय सवै ठाउँमा निर्वाचनको परिणम आइसकेको छ ।

दोलखामा पनि नौ वटै स्थानीय तहको अन्तिम चुनावी नतिजा सार्वजनिक आइसकेको छ । दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेकोमा सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । जसमा नगरप्रमुख, उपप्रमुख तथा पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएकाहरुको समेत अन्तिम परिणाम आएको हो । नतिजा अनुसार तामाकोशी गाउँपालिकामा गठबन्धनले अध्यक्ष र उपाध्यक्षनै जितेको छ । जसमा पालिका अध्यक्षमा एकीकृत समाजवादीबाट प्रोणप्रताप केसी निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी निर्वाचित हुनुभएको छ । भीमेश्वर नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका कांग्रेसका इश्वर नारायण मानन्धर नगरप्रमुख मा निर्वाचित हुनु भएको छ भने एमालेकी कमला बस्नेत पुनः भीमेश्वर नगरकी उपप्रमुख मा निर्वाचित हुनुभएको छ । जिरी नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । मित्र जिरेल जिरी नगरपालिकाका प्रमुख बन्दा एमालेकी कृष्ण माया बुढाथोकी उपप्रमुखमा विजयी हुनुभएको छ ।

 विगुमा माओवादी केन्द्रका उम्मेदवार संजिव ओली पालिका अध्यक्षमा विजयी हुनु भएको छ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार बनेका अचुतम केसीलाई पराजित गर्दै ओली पालिका अध्यक्ष  बन्नु भएको हो । विगु गाउँपालिकाका उपाध्यक्षमा भने एमालेकी देवीका थामी विजयी हुनु भएको छ । उहाँ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार बन्नु भएका अंगिमा शेर्पालाई पराजित गर्दै विगुको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ।

यसैगरी, बैतेश्वर गाउँपालिकामा कांग्रेसका छवि लामा पालिका अध्यक्ष बन्नु भएको छ। उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार कल्पना उप्रेती निर्वाचित हुनु भएको छ । मेलुङ गाउँपालिकामा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका उम्मेदवार हिरा थोकर पालिका अध्यक्ष  र एमालेबाट गायत्री आचार्य उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।

गौरीशंकर गाउँपालिकामा गठबन्धका उम्मेदवारले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रका विश्वास कार्की गौरीशंकर गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको छ। गौरीशंकरमा उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्यामशुन्दर तामाङ पालिका उपाध्यक्षमा निर्वाचित हुनु भएको हो।

यसैगरी, शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार रिमालबाबु श्रेष्ठ पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  भने उपाध्यक्षमा एमालेकी पार्वती कार्की विजयी हुनुभएको छ । कालिञ्चोक गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी पालिका अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

फोटो कलेक्सन सामाजिक संजलबाट

थप सामग्री