BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

ओलीले परामर्श नगरी समानुपातिक लिष्ट तयार पारेको भन्दै पूर्व माओवादी समूह असन्तुष्ट

काठमाडौं असोज १२, २०७९ वेलकमसंवाददाता नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले पार्à…

ओलीले परामर्श नगरी समानुपातिक लिष्ट तयार पारेको भन्दै पूर्व माओवादी समूह असन्तुष्ट

काठमाडौं असोज १२, २०७९
वेलकमसंवाददाता

नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा ओलीले पूर्व माओवादी समूहसँग छलफल नै नगरेर लिष्ट तयारी गरेपछि उनीहरु रुष्ट भएका छन् ।

पार्टीमा केपी ओलीले पार्टीसँग कुनै परामर्श नगरी खल्तीका मान्छेलाई मात्र समानुपातिकमा समेटेकाले असन्तुष्टि बढेको एक पूर्व माओवादी पदाधिकारीले बताए । ‘माओवादी हुँदा प्रचण्ड कमरेड थोरै भएपनि छलफल र परामर्श गर्नुहुन्थ्यो । यहाँ केपी कमरेडले कसैलाई सोधपुछ गर्नु भएन । पार्टीका को(को नेतालाई समानुपातिकमा राख्नुभयो थाहा छैन’ ती नेताले भने, ‘निर्वाचन आयोगले नाम सार्वजनिक नगर्दा सम्म थाहा नहुने भयो । अहिलेसम्म केही थाहा छैन ।’

समानुपातिक लिष्ट सार्वजनिक भएपछि पूर्व माओवादी नेताहरुलाई नसमेटेमा विद्रोह हुन सक्ने ती नेताले बताए । ‘हामीले माओवादीमा हुँदा खादाको सांसद पद गुमाएर केपी कमरेडलाई समर्थन गर्यौ । प्रत्यक्षमा नसमेटेका नेतालाई समानुपातिकमा समेट्नु पर्यो । यदी नसमेटेमा पार्टीमा विद्रोह हुनसक्छ’ ति नेताले भने । ओलीले आफ्नो गुटका नेताहरुसँग मात्रै छलफल गरेर पठाएपछि माओवादी समूहका नेताहरुले बाहिरै असन्तुष्टि पोख्न थालेका हुन् ।

राष्ट्रिय सभा सदस्य रामबहादुर थापा सहित प्रतिनिधि सभामा चार जनाले एमालेलाई समर्थन गरेका थिए । यस्तै सातै प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमाले प्रवेश गरेका थिए । ति प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भएपनि सांसद बनाउने ओलीले बचन दिएका छन् । ति सबैले आयोगको फाइनल लिष्ट पर्खेर बसेका छन् । एमाले महाधिवेशनमा माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको थियो ।

थप सामग्री