BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुर कात्तिक ३, २०७९वेलकम संवाददाता कञ्चनपुरमा एक जना प्रतिनिधि सभा सदस्य र एक…

नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुर कात्तिक ३, २०७९
वेलकम संवाददाता

कञ्चनपुरमा एक जना प्रतिनिधि सभा सदस्य र एक जना प्रदेश सभा सदस्य उम्मेदवारसहित ३७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पल्टु राना र प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाईसहित ३७ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।
आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र बिचौलिया मदन दमाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राना कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार छन् । मदन दमाईले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका हुन् । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर भएको छ ।
रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदाबी गरिएको छ । बिचौलिया घोषित गरेर दमाईलाई ३७ लाख ४६ हजार ८ सय ८० रुपैयाँ बिगो सहित कसुर तथा सजाय मागदाबी गरिएको छ । राना र दमाईविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम ३७ लाख बढी रूपैयाँँ बिगोसहित थप कैद सजायको मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा आयोगले नगर विकास समितिका तत्कालीन अध्यक्षहरू, कर्मचारी, मालपोत कार्यालयका तत्कालीन प्रमुख तथा अधिकृतहरू तथा जग्गा नाममा लिने ३७ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

थप सामग्री