BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
राजनीति

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाà…

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो । यद्यपि अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने एकिन छैन ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

गत पुसमा उनलाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो । हालै उनका छोरीहरुले सामाजिक सन्जालमा पोष्ट गरेको एउटा तस्वीरमा सीताको स्वास्थ्य थप बिग्रिदै गएको जस्तो देखिन्थ्यो ।

थप सामग्री