BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
राजनीति

राजनीतिप्रतिको निराशालाई चिर्नु छ ः सिके राउत

मंसिर १७, २०७९ काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त ९सीके० राउतले राजनीत…

राजनीतिप्रतिको निराशालाई चिर्नु छ ः सिके राउत

मंसिर १७, २०७९

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त ९सीके० राउतले राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचनमा जनतामा थोरै भएपनि आशा जगाउने काम गरेको दाबी गरे । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राउतलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउदले चुनावमार्फत् जनताले परिवर्तनको मोहलाई मतमार्फत् व्यक्त गरेको बताए ।

‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो । तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय गरेको छ,’ उनले भने, ‘सप्तरीका जनताले मलाई जिताएर राजनीतिमा आशा जगाउने काम गर्नुभएको छ । म भोलि देशप्रतिको प्रेम जगाउन सकुँ एउटा योग्य मान्छे, अमेरिका र युरोप छोडेर नेपाल फर्किएर जन्मभूमिको सेवा गर्छु भनेर हिम्मत गर्न सक्ने अवस्था बनाउन सकौँ, त्यो बेला तपाईहरूको मतको सदुपयोग भयो भनेर बुझ्नुहोला ।’

उनले आफु अब काम गर्ने ठाउँतिर जान लागेको भन्दै आफ्ना एजेण्डा र योजनाहरूमा सधैँ प्रतिवद्ध भएर अघि बढ्ने बताए । ‘हाम्रो पार्टी भर्खरै खुलेको हो, तर देशभर नै नयाँ लहर देखिएको छ, जनताले जनमत पार्टीलाई मत दिएर राष्ट्रिय पार्टी बनाएका छन्,’ उनले भने, ‘हामी आफ्ना एजेण्डामा अडिग रहनेछौँ । योजनाहरू प्रति प्रतिवद्ध रहनेछौँ ।’

उनले यो निर्वाचनपछि अब जनमत पार्टीको नयाँ यात्रा सुरू भएको बताए । राउतले सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

थप सामग्री