BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
अन्तराष्ट्रिय

विश्वका १०० प्रभावशाली मा परे डा. स्वर्णिम वाग्ले

विश्वका १०० प्रभावशाली जलवायु नेतृत्वकर्ताको सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग…

विश्वका १०० प्रभावशाली मा परे डा. स्वर्णिम वाग्ले

विश्वका १०० प्रभावशाली जलवायु नेतृत्वकर्ताको सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
काठमाडौं ।

नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी चर्चित पत्रिका TIME ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेतृत्वकर्ताको सूचीमा समेटिएका छन्।
जलवायु परिवर्तन, दिगो आर्थिक विकास तथा जलवायु न्यायका क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै TIME ले वाग्लेलाई उक्त सूचीमा समावेश गरेको हो।
विशेषगरी गत भदौमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले भोग्नुपरेको जलवायु संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै जलवायु न्याय र क्षतिपूर्तिका लागि उनले गरेको पैरवीलाई TIME ले महत्त्व दिएको छ।
नेपालजस्ता विकासशील तथा हिमाली मुलुकले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको गम्भीर असर भोग्नुपरेको विषयलाई उनले विश्व समुदायसमक्ष जोडदार रूपमा प्रस्तुत गर्दै आएका छन्।
त्यस्तै, जलवायु वित्त परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउने पहल तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुकलाई न्यायोचित सहयोग उपलब्ध गराउन उनले खेलेको भूमिकालाई पनि उनको छनोटको आधार मानिएको छ।
TIME को सन् २०२६ को उक्त सूचीमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम तथा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनलगायत अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि समेटिएका छन्।
नेपाली अर्थमन्त्री विश्वका प्रभावशाली जलवायु नेतृत्वकर्ताको सूचीमा समेटिनु नेपालको जलवायु कूटनीति र अन्तर्राष्ट्रिय पहिचानका दृष्टिले महत्त्वपूर्ण समाचारका रूपमा हेरिएको छ।

थप सामग्री