BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
अन्तराष्ट्रिय

विदेशमा फसेकालाई उद्धार गर्न टोली

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरबाट खाडी तथा मलेसियामा अप्ठ्यारोमा परेका नेà…

विदेशमा फसेकालाई उद्धार गर्न टोली

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरबाट खाडी तथा मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले र्‍यापिड रेस्पोन्स टिम (द्रुत उद्धार टोली) बनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीको संयोजकत्वमा टोली बनाएका हुन् । टोलीको बैठकले भने उद्धारका लागि सरोकार मन्त्रालयसँग समन्वय र सहजीकरण गर्न श्रम सहसचिवको नेतृत्वमा अर्को उच्चस्तरीय टोली बनाउन मन्त्रालयलाई अनुरोध गरेको छ ।

‘श्रमिकको उद्धारका लागि परराष्ट्र, पर्यटनलगायत मन्त्रालयसँग नियमित समन्वय गर्नुपर्छ । मेरो नेतृत्वको टिमले सूचना संकलन गर्छ । मन्त्रालयकै संयोजकत्वमा उच्चस्तरीय उद्धार टोली बनाउन आवश्यक देखियो,’ दवाडीले कान्तिपुरलाई भने ।

बैठकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) लाई आफूलाई पठाएका श्रमिकको यथार्थ विवरण पेस गर्न लगाउने निर्णय गरेको छ । ‘म्यानपावरमार्फत गएका श्रमिकको जानकारी म्यानपावरबाटै लिने र व्यक्तिगत हिसाबले गएका श्रमिकको जानकारी दूतावासमार्फत लिने निर्णय भएको छ,’ दवाडीले भने । उनले श्रमिकको उद्धारका लागि खर्चको प्रबन्ध वैदेशिक रोजगार बोर्ड, अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय दातृ निकायमार्फत बन्दोबस्त गर्ने तयारी भइरहेको बताए । गत वर्ष बोर्डले १० हजार श्रमिकलाई उद्धार गर्ने तयारी गरेको थियो । तर, बोर्डको खर्चबाट तीन सय २७ जना मात्रै उद्धार गरिएको थियो ।

कोरोना संक्रमणको पहिलो लहरका बेला वैदेशिक रोजगारमा गएकामध्ये झन्डै एक लाख १० हजार जना फर्किएका छन् । खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार फर्किएकामा श्रमिक रोजगार करारपत्र नवीकरण नगर्नेहरू बढी छन् । गन्तव्य देशका राजदूतहरूका अनुसार कोरोना संक्रमण बढे पनि पहिलाजस्तो श्रमिकहरूलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था देखिएको छैन । ‘पहिलाजस्तो भयग्रस्त वातावरण छैन । साउदीमा कोरोना नियन्त्रणमा आइसकेको थियो । अहिले फेरि संक्रमितको संख्या दिनमा हजार नाघिरहेको छ । तैपनि पहिलाजसरी श्रमिकहरू आत्तिएका छैनन् । खोप सहजै उपलब्ध भइरहेको छ, नाम लेखाएको दुई–तीन दिनभित्र खोप लगाउन पाइन्छ । अक्सिजनको अभाव छैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘भारत र पाकिस्तानबाट श्रमिक आउन रोक लगाइएको छ । नेपालबाट निर्बाध रूपमा श्रमिक आइरहेका छन् ।’

थप सामग्री