BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
रिपोर्ट

नेपाल नफर्किएपछि इन्टरपोलमार्फत् सन्दीप लामिछानेलाई ल्याउने तयारी,अघि बढ्यो प्रक्रिया

काठमाडौं– एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टà…

 नेपाल नफर्किएपछि इन्टरपोलमार्फत् सन्दीप लामिछानेलाई ल्याउने तयारी,अघि बढ्यो प्रक्रिया

काठमाडौं– एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई नेपाल ल्याउनेबारे प्रक्रिया नेपाल प्रहरीले अघि बढाएको छ।
सामाजिक सञ्जालमार्फत् चाँडै नेपाल फर्किने बताएका लामिछाने अहिलेसम्म नफर्किएपछि उनी नेपाल आउनेमा शंका उत्पन्न हुन थालेको भन्दै नेपाल प्रहरीले लामिछानेलाई चाँडै नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो।
प्रहरी उच्च स्रोतले लामिछानेलाई नेपाल ल्याउने प्रक्रियाका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँगसमेत समन्वय अघि बढाइएको बताएको छ।

प्रहरी स्रोतले नेपाल लाइभसँग कुरा गर्दै भन्यो, ‘नेपाल नफर्किएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाउन सुरु गरेका छौं। हामीलाई आशा छ इन्टरपोलमार्फत् ल्याउनुभन्दा पनि उहाँ आफैं नेपाल फर्किनुहुन्छ।’

क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न सेन्ट लुसिया पुगेका बेला लामिछानेमाथि बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको थियो। उनीविरुद्ध जाहेरी दर्ता भएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीसमेत जारी भएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले लामिछानेलाई निलम्बन गरेको थियो।

त्यसपछि सन्दीपलाई आबद्ध गरेको जमैका तालवाजलेसमेत उनलाई निकालेको थियो। त्यसपछि चाँडै नेपाल फर्किने भन्दै सामाजिक सञ्जालमार्फत् जानकारी गराएका लामिछाने अहिलेसम्म सम्पर्कविहीन छन्।

सम्पर्कविहीन भएर लुकेपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत् ल्याउने प्रक्रिया अघि बढाएको हो। यसबारे नेपाल प्रहरीका सहायक प्रवक्ता तथा एसएसपी दानबहादुर कार्कीले भने, ‘यो विषयमा अनुसन्धान अधिकारीलाई मात्र थाह छ। अनुसन्धानका लागि के चाँहिने क–कसको आवश्यक त्यो अनुसार काम भएको होला।’ सन्दीपलाई अध्यागमन विभागलेसमेत कालोसूचीमा राखिसकेको छ।

१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।

सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन्।

पीडित किशोरीको बयान अनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेका हुन्।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको भनाइ छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराइएको थियो।

पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ।

थप सामग्री