BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
प्रदेश

असई यादबको आतंक विरुद्ध प्रशासनमा उजुरी

कार्तिक ११, २०७९ रौतहट — जमिनको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय वीरगन्जमातहत…

असई यादबको आतंक विरुद्ध प्रशासनमा उजुरी

कार्तिक ११, २०७९

रौतहट — जमिनको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय वीरगन्जमातहतमा रहेको पर्सा पोखरीयामा कार्यरत प्रहरी सहायक निरीक्षक असई सर्फलाल यादवले स्थानीयलाई दुव्र्यवहार र धम्की दिँदै आएको पीडितले बताएका छन् ।

पीडितले असई यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरीसमेत दिएका छन् । यही विषयलाई लिएर एक साता अघि घर बिदामा रौतहट आएका असई यादवले लखेटी–लखेटी कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ ।

जिल्लाको फतुवा विजयपुर नगरपालीका–६ पेटहर्वा घर भएका असई यादव र छिमेकी राजकिशोर साहबीच लामो समयदेखि जग्गाको विषयमा विवाद हुँदै आएको छ । यही विषयलाई लिएर असईले यही असोज २९ गते लखेटी–लखेटी कुटपिट गरेको साहले बताए । कुटपिटबाट स्थानीय शिवबालक साह घाइते भएका छन् । यादव पक्षका पनि केही घाइते भएको प्रहरीको भनाइ छ । विगत ५र६ वर्षदेखि असई यादवले गाउँमा आतंक मच्चाउँदै आएको स्थानीयको आरोप छ ।

‘असईले हामीलाई ज्यान मार्ने धम्की दिने गरेका छन्,‘साहले भने,‘न्यायका लागि शान्ति सुरक्षा पाउँ भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छौँ । तर निवेदनउपर अहिले सम्म कुनै कारबाही भएको छैन ।’ असई यादवले गाउँमा अश्लील शब्द प्रयोग गर्ने, पदको दम्भ देखाउँदै गोली हानेर मार्ने जस्ता शब्द प्रयोग गर्दै आएको पीडित साहको भनाइ छ । एक साताअघिको घटना भए पनि शुक्रबार बिहानसम्म असई यादवले निरन्तर गाली र धम्की दिने गरेको पीडितको भनाइ छ ।

इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरीक्षक सुरेन्द्र धमलाले कुटपिट,झडपमा साह र यादव पक्षकै घाइते भएको बताए । ‘जमिनको विषयमा दुवै पक्षबीच कुटाकुट भएको हो । यही विषयमा बिहीबार प्रहरी कार्यालयमा जनप्रतिनिधिको रोहबरमा दुवै पक्ष बसेर सहमति गरेका छन्,‘उनले भने,‘पीडितको निवेदनउपर छलफल गर्न भनेर असई यादवलाई बोलाएका हौँ । सायद बिदाका कारण आउन नपाएर ढिला भएको हो । यस विषयमा हामी गम्भीर छौँ ।’
प्रहरी कार्यालयमा भएको छलफलमा तत्काल जग्गाको विषय मिलाउने र कुटपिटमा घाइतेको उपचार गर्ने सहमति भएको प्रहरी निरीक्षक धमलाले जानकारी दिए । असई यादवसित भने सम्पर्क हुन सकेन । गत असोज ११ गते राजकिशोर लगायत स्थानीयले असई यादवको ‘आतंक’ विरुद्ध जिल्ला प्रशासनमा निवेदन दर्ता गराएका थिए । प्रशासनको पत्रपछि जिल्ला प्रहरीले इलाका प्रहरी कार्यालय फतुवा विजयपुरलाई ‘असई यादवबारे के भएको हो रु दुवै पक्षलाई कार्यालयमा बोलाई छलफल गराउन र कानुन बमोजिम गर्नू’ भनेर पत्र पठाएको थियो ।

प्रशासनको पत्रपछि पनि फतुवा विजयपुर प्रहरीले बेवास्ता गरेको पीडित साहको भनाइ छ । कुटपिट गरेको घटनाको भिडियो भाइरल भएपछि असई यादवले आफूलाई धम्की दिइरहेको उनले बताए ।

थप सामग्री