BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
प्रदेश

राजविराज नगरपालिकामा कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतको तोक आदेशमा कर्मचारी भर्ना

मंसिर १७, २०७९ राजविराज — गत जेठ ९ बाट जिम्मेवारी सम्हालेका नगर प्रमुख भीमराज यादव…

राजविराज नगरपालिकामा कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतको तोक आदेशमा कर्मचारी भर्ना

मंसिर १७, २०७९

राजविराज — गत जेठ ९ बाट जिम्मेवारी सम्हालेका नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित भएपछि उपप्रमुख इसरत परविण कार्यवाहक नगर प्रमुख भएकी छन् । उनले हालसम्म ३ जनालाई आफ्नो तोक आदेशमा दैनिक ज्यालादारीमा नियुक्ति दिएकी छन् । राजविराज–१ की इशा परविणलाई असोज ४ मा, मोहम्मद सलाउद्दिनलाई असोज ९ मा र राजविराज–२ का हरिनारायण साहलाई असोज ११ मा उनले नियुक्ति दिएको पालिकाको प्रशासन शाखाले जनाएको छ ।
निशा परविणलाई कम्प्युटर अपरेटरमा नियुक्ति दिएको छ । उनलाई दैनिक १ हजार ९६ रुपैयाँ तलब दिइने गरिएको छ । तर, उनी कार्यवाहक प्रमुख परविणको नवजात शिशुको स्याहारमा खटिएकी छन् । यस्तै सलाउद्दिनलाई कार्यालय सहयोगीको नियुक्ति दिइएको छ । उनी दैनिक सात सय रुपैयाँ पाउँछन् । हरिनारायण साहलाई भने सहायकस्तरको पाँचौं तहमा नियुक्ति दिइएको छ । उनी दैनिक १ हजार १ सय ५७ रुपैयाँ पाउँछन् । आफ्नै तोकआदेशमा ३ जनालाई नियुक्ति दिएको कार्यवाहक नगरप्रमुख परविणले स्विकारिन् । ‘पदमा गएपछि सुरक्षा चाहिन्छ,’ उनले भनिन्, ‘मैले आफ्नो सुरक्षाका लागि कर्मचारी भर्ना गरेकी हुँ ।’ उनले आफूलाई कसरी असुरक्षा छ भन्नेबारे खुलाउन चाहिनन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले पनि आफूखुसी एक जनालाई तोकआदेशकै भरमा नियुक्त गरेका छन् । महोत्तरीको भंगहा–८ धरमपुर घर भएका रत्नमणिलाल कर्णलाई हेल्थ असिस्टेन्ट पदमा नियुक्ती दिइएको हो । दैनिक १ हजार १ सय ५७ रुपैयाँ पाउने गरी नियुक्त गरिए पनि नगरपालिकाकै स्वास्थ्य शाखालाई जानकारी छैन ।

कर्णले प्रमुख प्रशासकीय अधिकृत सोनुको स्वकीय सचिवका रूपमा काम गर्ने गरेको एक कर्मचारीले बताए । ‘हो मैले तोकआदेशकै भरमा एक जनालाई नियुक्ति दिएको हो । गल्ती हो बुझ्दै छु,’ अधिकृत सोनुले भने, ‘यहाँ यस्तै चलन देखियो ।’ सोनु २०७९ भदौ ५ मा राजविराजको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए ।

प्रशासन शाखाका अनुसार स्थानीय चुनावअगावै २०७८ चैत १६ देखि गत भदौ ४ सम्म प्रमुख प्रशासकीय अधिकृत रहेका भोगेन्द्र यादवको तोकआदेशकै भरमा पनि कर्मचारी नियुक्त गरिएको थियो । त्यतिबेला यादवले नौसाद अली, सुरज कार्की, श्यामनारायण यादब, जगदेब यादव, राजेशकुमार दास, प्रदीपकुमार यादवलाई कर्मचारीको नियुक्ति दिएका थिए ।

नौसादलाई कम्प्युटर अपरेटरमा दैनिक १ हजार ९६ रुपैयाँ, सुरजलाई चालकमा दैनिक ८ सय, श्यामनारायणलाई कम्प्युटर अपरेटरमा दैनिक १ हजार ९६ रुपैयाँ पाउने व्यवस्था गरिएको थियो । यस्तै, जगदेवलाई सर्वेक्षकमा दैनिक १ हजार ९६ रुपैयाँ, राजेशलाई कम्प्युटर अपरेटरमा १ हजार ९६ रुपैयाँ र प्रदीपलाई ६ सय ४० रुपैयाँ दिइने गरिएको थियो । पालिकामा यति धेरै नियुक्ति तोकआदेशकै भरमा हुँदा कार्यपालिका सदस्यहरू भने अनभिज्ञ छन् । वडा नम्बर ४ का अध्यक्ष दिनेशकुमार साहले यस्ता नियुक्तिबारे जानकारी नभएको बताए ।

‘हामीलाई थाहै दिइँदैन, कसरी नियुक्ति भयो, कसले र कुन प्रक्रियावाट गरे थाहै दिएन,’ उनले भने । यस्ता कर्मचारी पालिकाका लागि तत्काल आवश्यक नभएको स्वयं प्रमुख प्रशासकीय अधिकृत सोनुको भनाइ छ । ‘अहिलेको दैनिक ज्यालादारीमा दिइएको नियुक्तिको कुनै जरुरी छैन,’ उनले भने, ‘यो नगरपालिकामाथि अनावश्यक व्ययभार हो । आफ्ना मान्छेलाई ज्यालादारीमा भर्ना गर्ने विगतकै चलनको निरन्तरता छ । मैले पनि एक जना नियुक्त गरेँ ।’

थप सामग्री