दिपक बस्नेत
तामाकोशी ।
जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा संचालित जफे मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन , संस्थाका सचिव इश्वर काफ्लेले सचिवको प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र प्रसाद काफ्लेले कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेका वडा अध्यक्ष राम प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका सहकारी संयोजक पर्शुराम कार्की, भिजन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्दशन पोखरेल, जनदृष्टि साकोसका अध्यक्ष कमल महत, दियालो महिला साकोसका अध्यक्ष अम्विका पोखरेल, भावना साकोसका अध्यक्ष झप्पर बहादुर महत लगाएत राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष बद्रि पौडेलले स्वगत मन्तव्य राख्नु भएको कार्यक्रममा सहकारीका जेष्ठ सदस्य शिव बहादुर कार्कीलाई नगद सहित सम्मान गरिएको थियो ।
अर्थ
जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न
दिपक बस्नेत तामाकोशी । जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उतॅ
थप सामग्री
श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न
गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न
जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुशिला कार्की पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति सर्व सहमतिमा चयन
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संचालक समिति अध्यक्षमा सिताराम उप्रेती सर्व सहमतिमा चयन