BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
अर्थ

प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न

दिपक बस्नेत पौष १२, तामाकोशी । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वा…

प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न

दिपक बस्नेत
पौष १२, तामाकोशी ।
प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा वडा नम्बर ६ च्यामामा रहेको प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष मेघराज के.सीले अध्यक्षको प्रतिवेदन, सचिव थिर बहादुर के.सीले सचिवको प्रतिवेदन, संस्थाका व्यवस्थापक देविप्रसाद शर्माले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक चन्द्र बहादुर फुयालले लेखा सुपरिवेक्षणको प्रतिवेदन,  ऋण उपसमितिको प्रतिवेदन थिरबहादुर के.सी.ले प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक सभा कार्यक्रमका प्रमुख अतिथि ईश्वर चन्द्र पोखरेलले गाउँपालिकाले सहकारीको स्तरउन्नतिका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको, पालिकाले सहकारी सुचिकृत हुन अनुरोध गर्दा पनि केहि सहकारी बाहेक सुचिकृत हुन नआएकाले हामिले विभिन्न प्रयास गरिरहेका छौ अवका दिनमा श्वयतपत्र जारी गरि थप काम गर्ने बताउँनु भयो । पालिकाले सहकारीसँग समुन्वय गरि कार्यक्रम संचालनको लागि सुरु गरेको बताउँनुका साथै संस्था चोरी भएकोमा आफु दुखी भएको र संलघन व्यक्ति खोजि गर्नको लागि आफु लागिरहेकोे बताउँनु भयो ।
बार्षिक साधारण सभाका विषेस अतिथि नेफ्स्कुनका संचालक सदस्य जिवस राज खड्काले सहकारीको मुलमर्म अनुसार संस्था संचालन हुनुपर्ने । संचालक र कर्मचारी पारदर्सी र सदस्य इमान्दार भएमा संस्थामा कुनैपनि समस्य नआउँने बतउँनु भयो । कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी, वडा नम्बर ६ च्यामाका वडा अध्यक्ष झनकबहादुर फुयाल, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहाकार बालकृण शर्मा, जनप्रतिनिधि ङरहरि फुयाल, नेकपा माओवादी केन्द्रका जिल्ला नेता सन्तोष के.सी.नेकपा एमालेका वडा कमिटी उपाध्यक्ष मोहन बहादुर फयाल, नेकपा समाजवादीका वडा कमिटी अध्यक्ष तामप्रसाद आपागाँई, नेपाली कांग्रेस वडा इकाई सभापति हितबहादुर फुयाल, शंकेश्वर बचत तथा ऋण सहकारी संस्था सहरेका अध्यक्ष रुद्र प्रसाद चौलागाई लगाएतले संस्थाको गतिविधिले पारेको प्रभाव, उन्नति प्रगती साथै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाको २२ औं बार्षिक साधारण सभाको अवसरमा व्यवसायीक कृषक, सवैभन्दा कान्छा सदस्य, जेष्ठ सदस्य, शेयर सदस्य, असल ऋणी, असल बचत कर्ता लगाएत लामो समय संस्था संचालमा अध्यक्ष पदमा रहि सफल संस्था बनाउँन महत्वपुर्ण योगदान गर्नुहुने संस्थाका पुर्व अध्यक्ष तथा हालका सल्लाहाकार बालकृष्ण शर्मालाई सम्मान गरिएको छ ।  संस्थाको आर्थिक बर्ष २०७७-७८ को शेयर पूँजी ९२ लाख ६६ हजार ८ सय रहेको छ भने संस्थाले खुद ९ लाख २० हजार नाफा गरेको छ । निक्षेप तर्फ ७ करोड ४५ लाख ६५ हजार १६ रुपायँ रहेको छ भने ऋण लगानि तर्फ ५ करोड २७ लाख ४८ हजार १ सय ३० रहेको छ । संस्थाको कुल पुँजी ९ करोड ७५ लाख १५ हजार २ सय ३७ पुगेको छ । संस्थामा २०७७ साल माघ २३ गते चोरी भएको थियो । संस्थाले विमाबाट चोरी भएको रकमको ९० प्रतिसत रकम प्राप्त गरेको छ ।

थप सामग्री