BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ रामेछापमा प्रभातफेरि मार्फत जनचेतना फैलाइयो।रामेछापमा पहिलोपटक "सम्पदा पदमार्ग" आयोजना हुँदैरामेछाप को गोकुलगंगामा आगलागि ले उजाडियो २ परिवारको घर पूर्णरूपमा जलेर नष्ट विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने तयारीमाननिय डा. कृष्णहरी बुढाथोकीको दुईवटा वडामा कार्यक्रम हुन सकेन।रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहलरामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वितगुणस्तरीय शिक्षाको लागि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भर्ना खुलेको छ
अर्थ

रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहल

 रामेछाप जिल्लाको विकास, समृद्धि र ऊर्जा उत्पादनको भविष्यसँग जोडिएको महत्वाकांक…

रामेछापको गोकुलगङ्गामा ऊर्जा विकासको लागि ऐतिहासिक पहल

 रामेछाप जिल्लाको विकास, समृद्धि र ऊर्जा उत्पादनको भविष्यसँग जोडिएको महत्वाकांक्षी १ हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउने प्रक्रिया अगाडि बढेको छ।

उक्त आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको पहलमा आयोजना योजनामा समावेश हुनुका साथै यसको अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अगाडि बढाउन बजेट विनियोजन गरिएको हो।

यो आयोजना कार्यान्वयनको दिशामा अगाडि बढ्न सके रामेछापको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। जलविद्युत् उत्पादनसँगै स्थानीय रोजगारी, लगानीको अवसर, सडक तथा अन्य पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

रामेछापको ऊर्जा सम्भावनालाई राष्ट्रिय विकाससँग जोड्ने यस महत्वपूर्ण पहललाई जिल्लावासीले सकारात्मक रूपमा लिएका छन्। अब आयोजना अध्ययन र प्रारम्भिक प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढ्दै निर्माणको चरणसम्म पुग्ने अपेक्षा गरिएको छ।

थप सामग्री