BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

जिल्ला भित्रिनेबाट डेंगु विस्तार, सप्तरीमा साउनयता काठमाडौंबाट सप्तरी छिरेका सातै जनामा डेंगी पुष्टि

आश्विन ३, २०७९बिनोद ठाकुर र महोत्तरी संवाददाता राजधानी काठमाडौंबाट मधेसका जिल्लाअ

जिल्ला भित्रिनेबाट डेंगु विस्तार,  सप्तरीमा साउनयता काठमाडौंबाट सप्तरी छिरेका सातै जनामा डेंगी पुष्टि

आश्विन ३, २०७९
बिनोद ठाकुर र महोत्तरी संवाददाता

राजधानी काठमाडौंबाट मधेसका जिल्लामा पसेका केही ब्यक्त्तिलाइ डेँगु पुष्टि भएको छ । सप्तरीको तिलाठी कोइलाडी–८ का २३ वर्षीय युवक ज्वरोले थलिएपछि घर आए । गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा जाँच गर्दा उनलाई डेंगी संक्रमण भएको पाइयो । केही दिनको बीचमा उनका दाजुमा पनि डेंगी पुष्टि भयो ।
सप्तरीमा साउनयता डेंगी पुष्टि भएका ७ जनामध्ये सबै जिल्लाबाहिरबाट आएकाहरू रहेको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। प्रकाश साहका अनुसार अस्पतालका एक रेडियोलोजिस्ट पनि डेंगीको संक्रमणमा परेका छन् । यसका अतिरिक्त खडग नगरपालिकामा एक तथा सहयोगी समाज नामक संस्थाका एक कर्मचारीमा पनि डेंगी पुष्टि भएको छ । ‘सबैको ट्राभल हिस्ट्री काठमाडौंसँगै जोडिएको छ,’ स्वास्थ्य प्रमुख यादवले भने, ‘यस पटक डेंगी राजधानीबाटै यता सरेको देखिन्छ । स्थानीयस्तरमा डेंगीको संक्रमण देखिएको छैन, राजधानीबाटै आएकाहरूमा संक्रमण छ ।’

चाडपर्वको मुखमा काठमाडौंबाट घर फर्किनेको संख्या बढ्ने भएकाले जिल्लामा डेंगी संक्रमण अझै बढ्न सक्ने मेसु साहले बताए । तर, संक्रमण न्यूनीकरणका लागि स्थानीयस्तरमा कुनै पहल भएको छैन । स्वास्थ्य कार्यालय र स्थानीय तहहरू एकअर्कालाई देखाउँदै जिम्मेवारीबाट पन्छिरहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख यादवले लामखुट्टे मार्ने औषधि छर्किन तथा जनचेतना जगाउनका लागि पालिकाहरूलाई आग्रह गरिएको बताए । मंगलबार मात्र तिलाठी कोइलाडी गाउँपालिकाको कार्यपालिका बैठकले लामखुट्टे मार्ने औषधि छर्किनका लागि स्वास्थ्य कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ । अहिले पालिका र स्वास्थ्य कार्यालयबीच एकअर्कालाई पत्राचार भइरहेको छ, डेंगी रोकथाममा कुनै प्रयास गरिएको छैन ।

 बर्दिवासमा देखियो जापनिज इन्सेफ्लाइटिस

महोत्तरीको बर्दिवासमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिस रोगको संक्रमण देखिएको छ । बर्दिवास नगरपालिका–१० की ७० वर्षीया महिलामा इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए ।

उनका अनुसार साउनदेखि नै बिरामी ती महिलाको काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा नमूना परीक्षण गर्दा जापनिज इन्सेफ्लाइटिस रोग पत्ता लागेको हो । हाल उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्थामा केही सुधार भएको छ । जापनिज इन्सेफ्लाइटिस संक्रमण देखिएसँगै गाउँमा डब्लूएचओका चिकित्सकसहित नगरपालिकाका स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

डब्लूएचओका लागि सर्लाही, महोत्तरी र धनुषा हेर्ने डा। सुरेशकुमार शुक्लालगायतको टोली बिरामीको घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्न, सरसफाइमा ध्यन दिन र सुरक्षित रहन सचेत गराएको छ । बर्दिवासमा डेंगीका बिरामी पनि बढिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म १५ जनाभन्दा बढीमा डेंगी पुष्टि भइसकेको छ । जापनिज इन्सेफ्लाइटिस पनि देखिएपछि थप सचेत रहन र लामखुट्टेको टोकाइबाट बच्न शाखाले अनुरोध गरेको छ ।

थप सामग्री