असोज २१,सिरहा बिनोद ठाकुर । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार्थको आन्दोलन भएको बताएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् । विपक्षीहरुले आफूलाई असफल बनाउन आन्दोलन र अनेक षड्यन्त्र गरिरहेको उनको भनाइ छ । लोकतन्त्रमा आन्दोलन गर्न पाइने तर, आन्दोलन जायज हुनुपर्ने भन्दै उनले आन्दोलनमा उठाइएका हरहिसाव सार्वजिक गर्नुपर्ने माग पूरा गर्न आफू तयार रहेको उनले बताए । गत आर्थिक वर्षको सम्पूर्ण आयव्ययको लेखा परीक्षण केन्द्रिय एकीकृत विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले गरिरहेकाले प्रतिवेदन आफूले प्राप्त गर्ने वित्तिकै सार्वजनिक गर्ने उनले प्रतिवद्धता जनाए । उनले आफू आन्दोलनकारीहरुलाई पटकपटक वार्ताका लागि आह्वान गरेपनि उनीहरु वार्ता नचाहेको आरोप लगाएका छन् । यसले उनीहरुको स्वार्थ अरु नै रहेको प्रष्ट भएको मेयर साहले तर्क गरे । नगरपालिकालाई समृद्ध बनाउन सबैको उपस्थितिको उत्तिकै आवश्यकता रहेको भन्दै उनले वार्तामार्फत् समस्याको समाधान गर्न उनले आग्रह पनि गरे । नगरपालिकाले गत १५ गते बहुमतसहित आठौं नगरसभा सम्पन्न गरेको थियो । त्यसयता ४ जना वडाध्यक्षलगायतका जनप्रतिनिधि तथा विपक्षी दलका नेता कार्यकताले बजेट विनियोजनका विषयमा असन्तुष्टि जनाउँदै निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् । आन्दोलन उग्र बनेपछि त्यहाँ झडपसमेत हुँदै आएको छ । आन्दोलनकारीहरुले कार्यालयमा तोडफोड गर्दा र कर्मचारीहरुलाई कुटपिट गर्दा नगरपालिकाको कामकाज समेत अवरुद्ध रहँदै आएको छ ।
स्थानिय
कल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्
असोज २१,सिरहा बिनोद ठाकुर । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नà…
थप सामग्री
ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरु
ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाइयो
सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो
राजनिति प्रभावले नगरपालिकामा गरेको तोडफोड र कर्मचारीमा बढाएको त्रासप्रति मिचैया नगरपालिकाको निन्दा