रामेछाप — जिल्लाका आठवटै स्थानीय तहमा सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रम सञ्चालनका लागि कुल ३३ करोड ८३ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको सडक बोर्ड नेपालले रामेछाप जिल्लाका आठ स्थानीय तहका लागि उक्त बजेट विनियोजन गरेको हो। स्वीकृत बजेटबाट स्थानीय सडकहरूको स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
स्थानीय तहअनुसार विनियोजित बजेट विवरण यसप्रकार रहेको छ :
१. सुनापती गाउँपालिका: ३ करोड २५ लाख रुपैयाँ।
२. दोरम्बा शैलुङ गाउँपालिका: ३ करोड २५ लाख रुपैयाँ।
३. लिखु तामाकोशी गाउँपालिका: २ करोड ५० लाख रुपैयाँ।
४. गोकुलगंगा गाउँपालिका: २ करोड ५० लाख रुपैयाँ।
५. खाँडादेवी गाउँपालिका: २ करोड ५० लाख रुपैयाँ।
६. उमाकुण्ड गाउँपालिका: २ करोड ५० लाख रुपैयाँ।
७. मन्थली नगरपालिका: ९ करोड ३८ लाख रुपैयाँ।
८. रामेछाप नगरपालिका: ७ करोड ९५ लाख रुपैयाँ।
यस बजेटबाट जिल्लाका विभिन्न स्थानीय सडकहरूको अवस्था सुधार, आवागमन सहज बनाउने तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सडक पूर्वाधारको विकासले ग्रामीण क्षेत्रका नागरिकको दैनिक आवागमन, कृषि उपजको ढुवानी, व्यापार व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
रामेछापका आठवटै स्थानीय तहमा स्वीकृत भएको यो बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए जिल्लाको सडक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।
स्थानिय
रामेछापका सडकमा ३३ करोड ८३ लाख बजेट आठैवटा स्थानीय तह लाभाम्वित
रामेछाप — जिल्लाका आठवटै स्थानीय तहमा सडक स्तरोन्नति, मर्मत सुधार तथा सडक सुरक्षअ
थप सामग्री
कल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्
कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्
कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता
कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन