BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

आफनै पिताको हत्या अभियोगमा जन्मकैद पाएकी छोरी ९ वर्षमै रिहा

४असोज, सप्तरी । संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या आरोपमा सर्वस्वसहित जन्मकैà…

आफनै पिताको हत्या अभियोगमा जन्मकैद पाएकी छोरी ९ वर्षमै रिहा

४असोज, सप्तरी । संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी उनकै छोरी रुबेदा खातुन ९ वर्षमै रिहा भएकी छन् । जन्मकैदको सजाय पाएकी मृतककी पत्नी नुरजहाँ भने २०७४ सालमै थुनामुक्त भइसकेकी छन् ।

६ जेठ २०७० को राति सभासद् हक सुतेको तत्कालीन कल्याणपुर गाविस २ स्थित आफ्नै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो ।

 


५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदालाई २३ जेठ र नुरजहाँलाई २४ जेठ २०७० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।

२० असार २०७३ मा जिल्ला अदालत, सप्तरीले दुबैलाई जन्मकैदको फैसला गरेको थियो ।

 

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको थियो ।

अदालतले जन्मकैदको फैसला गरे पनि रुबेदा ९ वर्षमै रिहा भएकी छन् । संविधान दिवसको अवसरमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले दिएका आममाफी पाउनेमध्येका रुबेदा पनि हुन् । राजविराज कारागारमा रहेकी उनलाई सोमबार रिहा गरिएको छ ।

जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएकी रुबेदाकी आमा नुरजहाँ भने २० साउन २०७४ मै थुनामुक्त भइसकेकी छन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालत राजविराजको इजलासले आंशिक रुपमा उल्टाएपछि उनी थुनामुक्त भएकी थिइन् ।

सभासद् हकको हत्याका मुख्य योजनाकार भारतीय नागरिक ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख थिए । जमिरुल लहान नगरपालिका ५ मा बस्दै झाडफुकको काम गर्दै आएका थिए । उनी रुबेदाकी प्रेमी पनि थिए ।

रुबेदा र जमिरुलको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएका थिए । आफ्नो प्रेममा बाधक बनेको भन्दै रुबेदाले आमा नुरजहाँ समेतको सहमतिमा योजना बनाई हत्या गराएकी थिइन् ।

६ जेठ २०७० को राति हकको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हक २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सप्तरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

 

थप सामग्री