BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

घरायसी विवादमा श्रीमानबाटै श्रमतिकोहत्या, श्रीमान रामा प्रहरीको फन्दामा

१० असोज, जनकपुरधाम । बाँस झाडीमा मृत फेला परेकी धनुषाको मिथिलाबिहारी नगरपालिका(५ लअ

घरायसी विवादमा श्रीमानबाटै श्रमतिकोहत्या, श्रीमान रामा प्रहरीको फन्दामा

१० असोज, जनकपुरधाम । बाँस झाडीमा मृत फेला परेकी धनुषाको मिथिलाबिहारी नगरपालिका(५ ललियाकी ४५ वर्षीया जीवछी देवीको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले श्रीमान रामा मण्डललाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा श्रीमान् रामाले नै घरायसी विवादमा श्रीमती जीवछी देवीलाई कोदालोले हिर्काएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । प्रहरीले घटनामा प्रयोग भएको कोदालो पनि धानखेतबाट बरामद गरेको छ ।

रामा हाल जीवछीको किरियामा थिए । घटनाको ५ दिनपछि प्रहरीले रामालाई किरिया बसेकै अवस्थामा पक्राउ गरेको हो । उनले घरायसी विवादमा कोदालोको बीट प्रहार गरि हत्या गरेको स्वीकार गरेको र प्रहार गरेको कोदालो समेत उनको बयान अनुसार धानखेतबाट बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

प्रहरीका अनुसार रामाका दुई छोरा छन् । २२ वर्षीय विनय मण्डल र कान्छो छोरा वर्ष २० क संजय मण्डल । कान्छो छोरा सञ्जय हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । जेठो छोरा विनय घरमै छन् । पारिवारिक ऋणको विषयलाई लिएर श्रीमान र श्रीमतीबीच विवाद हुँदै आएको प्रहरीको भनाइ छ ।

घटनाको १०र११ दिन अगाडि मृतकको दुई छोराहरु एक(आपसमा छुट्टिएका थिए । जेठो छोरा एक्लै र कान्छो छोरासँग बुबा र आमा बस्दै आएका थिए ।

४ असोजको विहान ७ बजे जीवछी देवी खेतमा मल छर्न गएकी थिइन् । श्रीमान् रामा घरबाट कोदालो र हसिया लिई भकारी बनाउनको लागि बाँसको टाटी काट्न गएका थिए ।

खेतमै उनीहरुबीच बाँकी ऋण कसरी तिर्ने भन्ने विषयमा कुराकानी भएको प्रहरीको भनाइ छ । त्यसै क्रममा विवाद हुँदा जीवछी देवीले श्रीमान रामालाई अश्लील गाली गलौज गरेको र रामाले आवेशमा कोदालोले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

हत्या पश्चात शंका नलागोस भनेर रामाले श्रीमतीले लगाएको चुरा आफैं फुटाएर घटनास्थलमा यत्रतत्र छरेको, कोदालो अर्काको खेतमा फालेर भागेको खुलेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गर्द‌ैजाँ दा हत्या गर्न प्रयोग भएको कोदालो घटनास्थलबाट करिब ८० मिटर उत्तर पश्चिमको कुनामा खेतमा फेला परेको छ । रामामाथि थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।

थप सामग्री