BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

सिरहाको भगवानपुर निवासी सशस्त्र प्रहरीका असई भारतमा मृत फेला

आश्विन २१, २०७९ विनोद ठाकुरराजविराज — सशस्त्र प्रहरी बलमा कार्यरत एक जना प्रहरी सà…

सिरहाको भगवानपुर निवासी सशस्त्र प्रहरीका असई भारतमा मृत फेला

आश्विन २१, २०७९
विनोद ठाकुर
राजविराज — सशस्त्र प्रहरी बलमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक ९असई० भारतीय भूमिमा बिहीबार दिउँसो मृत फेला परेका छन् ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोष्ट ९बीओपी० छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादव सिमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका हुन् । उनी मृत फेला परेको स्थान नेपाल भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि ३ दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले बताए । उनी असोज २१ गते शुक्रबार कार्यालय हाजिर हुनुपर्ने थियो ।

बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमा तस्बिर सार्वजनिक गरेको थियो । नजिकै रहेको नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बीओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भारतीय प्रशासनलाई जानकारी दिएका थिए ।भारतीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको छ । असई यादवको शव अहिले गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । बिहीबार पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्याल्य सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए । उनका अनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको हो । टाउकोमा चोट रहेको बताइए पनि पोस्टमार्टम रिपोर्ट पछि हत्या वा मृत्युबारे खुल्ने डिएसपी सिंहले बताए । सशस्त्र प्रहरी उपरीक्षक खड्काले उनी बिदा गएदेखिनै घटनाबारे जानकारी लिने कार्य भइरहेको बताए ।

थप सामग्री