BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा सर्लाहीबाट ४ जना पक्राउ

३ कात्तिक, सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा त…

सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा सर्लाहीबाट ४ जना पक्राउ

३ कात्तिक, सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये तीनजा भारतीय नागरिकहरु १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन् । पक्राउ परेकामध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ ।

बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे ।
आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।

घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले चार जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सर्लाही प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

थप सामग्री