BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

पक्राउ परेका त्रिवेणी स्पिनिङका मजदुरको रिहाइ माग गर्दै प्रदर्शन

४ कात्तिक, वीरगञ्ज । बिहीबार बाराको त्रिवेणी स्पिनिङ मिलमा भएको झडपका क्रममा पक्रा…

पक्राउ परेका त्रिवेणी स्पिनिङका मजदुरको रिहाइ माग गर्दै प्रदर्शन

४ कात्तिक, वीरगञ्ज । बिहीबार बाराको त्रिवेणी स्पिनिङ मिलमा भएको झडपका क्रममा पक्राउ परेका ७ जनालाई रिहा गर्न माग गर्दै मजदुरहरुले जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका मजदुरले बिहीबार पक्राउ परेका आफ्ना साथीहरुको रिहाइको माग गरेका छन् ।

दशैं बोनसको माग गर्दै आन्दोलनरत मजदुरले बिहीबार व्यवस्थापन पक्षका वरिष्ठ अधिकारीहरुलाई कार्यकक्षमा थुनेका थिए । उनीहरुलाई छुटाउन आएको प्रहरीसँग झडप हुँदा कम्तीमा १५ जना मजदुर र १० जना प्रहरी घाइते भएका थिए ।

त्यस क्रममा प्रहरीले ७ जना मजदुरलाई पक्राउ गरेको थियो । जायज माग राखेर गरेको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै मजदुरहरुले आफ्ना साथीहरुको निशर्त रिहाइको माग गरेका छन् ।

उद्योगका मजदुर प्रभास यादवले भने, ‘व्यवस्थापन पक्षले बाहिरका मानिसलाई बोलाएर वातावरण बिगारेको हो’, उनले भने, ‘प्रहरीले पनि हामीलाई उल्टै दमन गरेको छ । अनि हाम्रै साथीहरुलाई प्रहरीले पक्रेको छ । अन्याय भयो भनेर प्रशासन आएका छौं ।’

दमन गरेको मजदुरको गुनासो

उद्योगमा कार्यरत मजदुरहरुले व्यवस्थापन पक्षतिर लागेर प्रहरीले दमन गरेको बताएका छन् । मधेसी श्रमिक फोरम नेपालका सचिव विश्वनाथ महतोले दशैं बोनसका विषयमा छलफल चलिरहेका बेला प्रहरीले लाठीचार्ज गरेको बताए ।

‘दशैं बोनस नदिएर आलटाल गर्दै आएका थिए, बैठक हुँदा पुनः डेट ९समय० चाहियो भने, त्यसमा पनि हामीले सहमति जनायौं, तरपनि उनीहरुलाई दिने मन थिएन, त्यसपछि लफडा गरे’ उनले भने, ‘उल्टै प्रहरीले लाठी लाठी चार्ज गर्नुको साथै अश्रु ग्यास प्रहार गरेको छ ।’

उद्योगमै कार्यरत सिकिन्द्रकुमारी चौधरीले पुरुष प्रहरीले महिला कामदारलाई हातपात गरेको गुनासो गरिन् । प्रहरीले व्यवस्थापन पक्षलाई सुरक्षा दिएर निकाल्ने प्रहरीले मजदुर माथि दमन गरेको उनले बताइन् ।

२०५६ सालदेखि उद्योगमा कार्यरत महम्मद नासिरले जहिलेपनि बोनसको कुरा गर्नेवित्तिकै उद्योग प्रशासनले समस्या निम्त्याउने गरेको बताए । ‘मजदुरको पसिनाले साहुको घरको बत्ती चल्ने गर्छ’, उनले भने ‘तर साहुले कहिल्यै हामीसँग कुरा गर्दैन, दलाल राखेको छ । बोनस दिने बेलामा जहिल्यै लेहड गर्छ ।’

प्रहरीले भने मजदुरले आफ्ना माग पूरा गराउने नाममा कानुन हातमा लिएको दावी गरेको छ । महिला कामदार प्रयोग गरेर १३ जनालाई महाप्रबन्धकको कोठामा बन्धक बनाएपछि छुटाउने क्रममा बल प्रयोग गर्न बाध्य भएको प्रहरीको तर्क छ ।

प्रमुख कार्यकारी अधिकृतसहित ५ जना व्यवस्थापनतर्फका र ८ जना कर्मचारी सहित १३ जनालाई मजदुरले बन्धक बनाएको दावी प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरीले संयमता अपनाएकोले मजदुरतर्फ कम क्षति भएको दावी गरे ।
‘बल प्रयोग नगरौं भन्ने नै थियो । त्यसैले भोलिपल्ट म स्वयं उद्योग पुगेँ, हामीलाई समेत भित्र छिर्न दिएनन् । ब्लड प्रेसर सुगरका बिरामी रहेकाहरुको स्वास्थ्यमा समस्या देखिन थाल्यो । कम भन्दा कम बल प्रयोग गरेर बन्धक बनाइएकाहरुको उद्दार गरेका हौं’ उनले भने ।

थप सामग्री