BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

तिहार शुरु भएसँगै मिर्चैयामा बजारमा बढ्यो चहलपहल

कात्तिक ५, २०७९ वेलकम संवाददातानेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाà…

तिहार शुरु भएसँगै मिर्चैयामा बजारमा बढ्यो चहलपहल

कात्तिक ५, २०७९
वेलकम संवाददाता
नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वसाधारणको चाप उल्लेख्य छ ।

काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरू सजाइएको छ । मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएको देख्न सकिन्छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ ।
तिहारमा प्रयोग हुने सामानहरु मध्ये झिलिमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो । लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।
त्यस्तै भाइटीकामा लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ । यी क्षेत्र लगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरूको चहलपहल शुरु भएको पाइन्छ । आजबाट विधिवत रुपमा यमपञ्चक शुरु भएको छ । आज धनतेरस पर्व पनि मनाइँदैछ । सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ । आज बेलुका यमदीपदान शुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोरु तिहार र भाइ टीका मनाउने गरिन्छ ।

थप सामग्री