BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

सिरहामा दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

कार्तिक १०, २०७९बिनोद ठाकुर सिरहा — सिरहामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी बु…

सिरहामा दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

कार्तिक १०, २०७९
बिनोद ठाकुर

सिरहा — सिरहामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी बुधबार राति तीन जनाको मृत्यु भएको छ ।

छठ पर्वको लागि कल्याणपुर बजारतर्फ केरा बिक्रीका लागि लैजाँदै गर्दा सिरहाको पर्चिलवामा नम्बर मेटिएको ट्रयाक्टर पल्टिँदा चालक कल्याणपुर नगरपालिका–४ का छेदुवा गोइत र केरा धनी सोही नगरपालिका–११ का दुखिया साहको मृत्यु भएको छ । बुधबार राति ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यापिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, सिरहाको मिर्चैया नगरपालिका–५ मा बुधबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मिर्चैया नगरपालिका–६ का १९ वर्षीय जितेन्द्र साहको मृत्यु भएको छ । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका साहलाई तत्काल स्थानीय मंगलम अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषण गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय सम्राट साह गम्भीर घाइते भएका छन् । घाँटी र टाउकोमा चोट लागेका उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ । स। ८ प ३४०५ र प्र।२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

प्र।२–०१ ००१ प १६८२ नम्बरको मोटरसाइकलमा सवार सिरहा कल्याणपुर नगरपालिका–७ भोक्राहाका ४२ वर्षीया अनिता देवी साह, मिर्चैया–१ की ४४ वर्षीया ललिता देवी महासेठ घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थप सामग्री