BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
प्रदेश

सुनसरीमा सवारी दुर्घटना,३ जनाको मृत्यु

कात्तिक ११, २०७९ रासससुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तà…

सुनसरीमा सवारी दुर्घटना,३ जनाको मृत्यु

कात्तिक ११, २०७९
रासस
सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी–१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।

त्यसैगरी इनरुवा–५ दुहबी इनरुवा सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहाक्षेत्र–८ का २७ वर्षीय जीवन राउत गम्भीर घाइते भएकामा उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–५ जनताचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारत सुपौल बनौली पञ्चायतका ३५ वर्षीय गुलाब मेहता गम्भीर घाइते भइ उपचारका क्रममा मेहताको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ठक्कर दिने कार र चालक रुपन्देही सैनामैना(४ का ५४ वर्षीय कृष्णबहादुर रेग्मी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक राईले बताए । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

थप सामग्री