BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

अनुगमन अधिकृत कार्कीलाई धम्की, प्रहरीलाई आयोगले लेख्यो पत्र ःसुरक्षा प्रबन्ध गर्नू

कात्तिक २१, २०७९ वेलकम संवाददाता निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ …

अनुगमन अधिकृत कार्कीलाई धम्की, प्रहरीलाई आयोगले लेख्यो पत्र ःसुरक्षा प्रबन्ध गर्नू

कात्तिक २१, २०७९
वेलकम संवाददाता

निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा अनुगमन अधिकृतको सुरक्षा प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

पर्सा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका कांंग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले कार्कीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ ।

उक्त पत्रमा रिजालबाट कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले कार्कीको आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाइ उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ ।
निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २० को उपदफा ९१० को खण्ड ९घ० अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन । सोही ऐनको उपदफा ९४० मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ९४० को खण्ड ९ढ० मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाहरूबारे स्मरण गराएको छ । सो दफाको खण्ड ९ण० मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ ।

थप सामग्री