BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

नगरको विकासमा कुनै कमी हुन्न दिन्न, बाधा अवरोध आए खम्बा जस्तै अडिग रहन्छु ः नगरप्रमुख यादब

९ फाल्गुन सिरहाविनोद ठाकुर । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबलॅ

नगरको विकासमा कुनै कमी हुन्न दिन्न, बाधा अवरोध आए खम्बा जस्तै अडिग रहन्छु ः नगरप्रमुख यादब

९ फाल्गुन सिरहा
विनोद ठाकुर । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले नगरको विकासमा आफु कहिल्यै पनि पछि नपर्ने बताउनुभएको छ । तरपनि विकासका काम गर्न खोज्दा विपक्षीहरुले बिभिन्न बहाना बनाई अनावश्यक अवरोध गर्न खोजेको बताएका छन । आज मंगलबार नगरपालिकाको १० औं नगर अधिवेशनमा एस्तो बताएका हुन ।
मिर्चैया नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउनमा आफु लागिपरेको ठाउँमा सबैको साथ र सहयोगको महशुस भएको बताउँदै उहाँले तरपनि केही राजनीतिक दल र त्यसका नेताहरुले विभिन्न बहाना बनाउदै अवरोध गर्ने काम गरिरहेको भन्नुभयो । यद्धपि त्यस्ता अवरोध गर्नेहरुलाई काम गरी कडा जवाफ दिने र अब आफुलाई कसैले रोकेर नरोकिने मेयर यादबले दाबी गर्नुभयो ।
‘म पहिलो कार्यकालमा यहाँका सबैको नश(नश नापिसकेँ, अब दोस्रो कार्यकालमा म यहाँको विकासका लागि निर्मम भएर अगाडी बढिसकेको छु,’ उनले भने, ‘यसमा सहयोग गर्न सबैलाई आह्वान गर्दछु, तर कसैले रोक्न खोजे म अब रोकिनेबाला छैन ।’

पहिलो कार्यकालमा विभिन्न अवरोधका बावजुद मिर्चैयाको चौतर्फी विकासका निम्ति आफूले थुप्रा कामहरु गरेको उनले उल्लेख गरे । जनताले दोस्रो कार्यकालका लागि पनि आफूलाई अनुमोदन गरेको र आफ्नो साथमा जनता भएको भन्दै अब आफूलाई कसैको अवरोधले फरक नपर्ने उनले बताए ।

मेयर यादवले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, युवा विकास, सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा नगरपालिका मिसन बनाएर अघि बढेको जानकारी दिएका छन् । यस मिसनमा सघाइरहेका सबैलाई उनले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मधेश प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव, माओवादी नेता अजय शंकर नायक, प्रदेश सांसद त्रिभुवन साह, सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायत सुरक्षा निकायहरू अधिकारीहरु, जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको सहभागिता थियो ।

थप सामग्री