BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

सिरहाको कल्याणपुरमा आशकां गरिएको गाईको मासु बरामद, एकजना प्रहरीको खोरमा, स्थानीयद्धारा प्रदर्शन

सिरहाको कल्याणपुरमा आशकां गरिएको गाईको मासु बरामद, एकजना प्रहरीको खोरमा, स्थानीयदà…

सिरहाको कल्याणपुरमा आशकां गरिएको गाईको मासु बरामद, एकजना प्रहरीको खोरमा, स्थानीयद्धारा प्रदर्शन

सिरहाको कल्याणपुरमा आशकां गरिएको गाईको मासु बरामद, एकजना प्रहरीको खोरमा, स्थानीयद्धारा प्रदर्शन


सिरहा । सिरहाको कल्याणपुरमा मुस्लिम समुदायका व्यक्तिहरुले गाईको मासु बेचेको भन्दै बुधबारदेखि नै गाउँमा तनाव उत्पन्न भएको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० स्थित बसेको मुस्लिमहरुको नयाँ वस्तीमा गाई काटेको भन्दै हिन्दु समुदायका स्थानीयहरुले बुधबार बिहानैदेखि विरोध जनाउँदै आएको छ ।

नेपालको राष्ट्रिय जनावर एवम् हिन्दुहरुको पूजनीय मानिने गाई काटेको भन्दै दुई पक्षबीच तनाव उत्पन्न भएको हो । बुधबार विहान करिब ११ बजेको समयमा सो बस्तीमा गाईको मासु फेला परेको भनेर प्रहरीलाई जानकारी गराइएको थियो । गाई काटेको खवर सुने लगत्तै केही बेरमै सो वस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीलाई देखेपछि केही जना फरार भएका छन् । सोही बस्तीबाट २ किलो मासू बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यद्यपी, सो मासु गाईकै रहेको वा नरहेको बारे पुष्टि अझै नभएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शँकर चौधरीका अनुसार सो वस्तीमा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. २ बल्हागोठ बस्ने बर्ष ६३ को गरफुदिन शेखले मासु लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

शेखको साथबाट २ किलो मासू र ८० रुपैयाँ बरामद भएको डिएसपी चौधरीले जानकारी दिए । मासुलाई ल्याब टेष्टको लागि पठाउने तयारी भईरहेको पनि बताए । उनले आरोपितले समेत गाईकै मासु भएको भनेर सँकेत दिएको बताएपछि यथार्थ पुष्टि गर्न ल्याब पठाउने तयारी गरिएको बताए । गाईको मासु ठहरिएमा राष्ट्रिय जनावर काटेको आरोपमा उनलाई सोही बमोजिम सजाय हुने जनाइएको छ । यता, सोही वस्तीमा बस्ने जमसेद अन्सारीले गाईको मासूको विरोध गर्दा गालीगलौज गरेपछि उनलाई पनि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । यता दुई समुदायबीच कुनै घटना हुन नदिनको लागी आज इलाका प्रहरी कार्यालयमा सर्वपक्षीय बैठक बसी छलफल भएको छ । उक्त छलफलमा कल्याणपुर नगरपालिकाको मेयर रामपुकार शाह, इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर सोनु कुमार शाह, वडा अध्यक्ष र स्थानीयहरुको सहभागिता रहेको थियो ।

थप सामग्री