श्रावण १५, तामाकोशी ।
गएरातीको बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले सडक अवरुद्ध भएको छ ।
विहानै देखि काठमाडौ र चरिकोट जाने मानिस लगाएत सवारी साधन रोकिएका छन् । विहान देखि अहिले ३ बजे सम्म कसैको ध्यान नगएको र आफुहरु समस्यामा परेको यत्रुको भनाई छ ।
कतिपय सवारीसाधन त फर्किसकेका छन् । जिम्मेवारी कस्को हो थाहा छैन पालिकामा खवर गरेका छौ सम्वोधन नै भएन अर्का एक जना यत्रुले बताउँनु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो गाउँगाउँमा सिंहदरवार भन्थ्ये होइन रहेछ। यतिका समय सम्म पनि हाम्रो समस्याको समधान भएन ।
मलाई थाहा छैन प्रदेश सरकार, केन्द्रिय सरकार, सडक विभाग वा बाटो बनाउँने निमार्ण कम्पनि । मात्र मलाई थाहा छ स्थानिय सरकार तर उहाँहरुले हाम्रो समस्या बुझिदिनु भएन अर्का यात्रुको गुनासो थियो ।
सरोकारवाला को ? यसको जिम्मा कस्ले लिने ? वडा सरकार, गाउँपालिका, जिल्ला, प्रदेश सरकार, केन्द्र सरकार, सडक विभाग वा निमार्ण कम्पनि ।
स्थानिय
गएरातीको बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सिमानामा पर्ने भस्मेमा पहिरोले सडक अवरुद्ध, अझै समस्याको समधान भएन ।
श्रावण १५, तामाकोशी ।गएरातीको बर्षाका कारण तामाकोशी गाउँपालिका वडा नम्वर ३ र ४ को सà…
थप सामग्री
कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन
ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरु
ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाइयो
सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो