BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
स्थानिय

स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७८ बाट तामाकोशी एफ एम का स्टेसन म्यानेजर बस्नेत पुरस्कृत, १६ औँ देवदास स्मृति सभाको अवसरमा पत्रकार महासंघ दोलखाबाट ६ जना पत्रकार सम्मानित

सम्पादकभदौ १६, काठमाण्डौ ।नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक सभापति देवदअ

स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७८ बाट तामाकोशी एफ एम का स्टेसन म्यानेजर बस्नेत पुरस्कृत, १६ औँ देवदास स्मृति सभाको अवसरमा पत्रकार महासंघ दोलखाबाट ६ जना पत्रकार सम्मानित

सम्पादक
भदौ १६, काठमाण्डौ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक सभापति देवदास श्रेष्ठको १६ औ स्मृति दिवसको अवसरमा दोलखा शाखाले स्मृति सभा तथा पुरस्कार वितरण कार्यक्रम समपन्न गरेको छ ।
भिमेश्वर नगपालिकाका प्रमुख भरत बहादुर के.सी. को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७८ बाट तामाकोशी एफ एम का स्टेसन म्यानेजर दिपक बस्नेत पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको स्वर्गिय पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट बस्नेत पुरस्कृत हुनु भएको हो । दोलखाली जनताको मनमुटुमा बस्न सफल तथा लोकपृय नेता एवंम बागमती प्रदेशका सांसद चौंलागाईले पत्रकार महासंघमा गणतान्त्रिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो । सांसद चौंलागाईको कोरोनाका कारण निधन भएपछि सो पुरस्कारलाई स्वर्गिय पशुपति चौंलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार नामकरण गरेको जनाइएको छ । यो बर्षबाट सुरु गरिएको पहिलो पुरस्कारबाट बस्नेत नगद ५ हजार र सम्मान पत्र सहित पुरस्कृत हुनुभएको हो ।
१६ औं देवदास स्मृति सभाको अबसरमा दोलखाका ६ जना कृयाशिल पत्रकार सम्मानित हुनभएको छ । यो बर्ष देवदास पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार सन्तोषि कार्की सम्मानित हुनुभएको छ । कार्की जिल्लाबाट प्रकाशित तथा प्रसारण हुने संचार माध्यम लगाएत राष्ट्रिय संचार माध्यममा आवद्ध भई लामो समय देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आउँनु भएको छ । सम्मानित हुने हरुमा स्वर्गीय रबिन्द्र स्मृति पत्रकारीता पुरस्कार बाट प्रेस काउन्सिलका सदस्य एबम नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, बिकास पत्रकारिता पुरस्कार बाट रेडियो भिमेश्वर दोलखाका स्टेसन मेनेजर गोकर्ण प्रसाद भण्डारी, इन्द्र मणि पत्रकारीता पुरस्कर बाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष शृजन कुमार घिमिरे , र सुजल पत्रकारीता  पुरस्कार बाट पत्रकार बाबुराम शर्मा पुरस्कृत हुनुभएको हो ।  पत्रकार महासंघ दोलखाले केहि महिना अघि कोभिड संक्रमणका कारण मृत्यु भएका स्वर्गीय पत्रकार रबिन्द्र गौतमको सम्झनामा समेत प्रत्येक वर्ष रबिन्द्र स्मृति सभा गर्नेगरि पुरस्कार घोषणा गरेको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईंको अध्यक्षता र भिमेश्वर नगरपालिका मेयर भरत बहादुर केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सभामा प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्के, दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सामुदायीक रेडियो प्रशारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष उद्धव पोखरेल, प्रस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।



थप सामग्री