दिपक बस्नेत, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे ठूलाखेत स्थीत वीर बहादुर खत्रीको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागीबाट दुई तले पक्कि घरको माथिल्लो तला क्षति भएको छ । घरमा राखिएको पराल, खाद्यान्न सामाग्री, लत्ता कपडा, घरबनाउँन तयारी गरिएको काठ पुर्ण रुपमा क्ष्यति भएको जनाइएको छ ।
राती आठ बजे भएको आगलागी स्थानियको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा अएको थियो । माथिल्लो तला पुर्णरुपमा क्षेति भएकाले करिव ७ देखि ८ लाख रुपयाँ बराबरको क्षेति भएको घरधनी वीर बहादुर खत्रीले बताउँनु भयो । गाउँपालिकाको कार्यलय नजिकै भएको आगलागी पालिकाका प्रशासकिय अधिकृत निमेष मिश्रले आगो नियन्त्रण गर्न निकै सहयोग गर्नुभएको घर धनी खत्रीले बताउँनु भयो ।
स्थानिय
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा आगलागी, आगो नियन्त्रण गर्न पालिकाका प्रशासकीय अधिकृतको ठूलो सहयोग रहेको खत्रीको भनाई
दिपक बस्नेत, तामाकोशी । तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे ठूलाखेत स्थीत वीर बहादॅ
थप सामग्री
कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन
ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरु
ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाइयो
सिराहाको लहान १५ ढोडना स्थित राजदेवी मन्दिरमा बैशाख २२ गते (भोली) लाग्ने भव्य मेलाको तयारी पूरा,आजैदेखि भक्तजनहरुको घुइँचो