दिपक बस्नेत
मंसिर २६, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटको संचालक समिति अध्यक्षमा सिताराम उप्रेती सर्व सहमतिमा चयन हुनुभएको छ ।
सहकारीको उपाध्यक्षमा डण्डपानी काफ्ले, सचिव बाबुराम कार्की, सहसचिव सुरेश उप्रती कोषाध्यक्षमा यज्ञ बहादुर श्रेष्ठ चयन हुनुभएको हो । सदस्यहरुमा रमेश कुमार कार्की, केशव कुमार बस्नेत, सुकदेव ठकुरी, विनोद कुमार कटुवाल रहनुभएको छ भने महिला सदस्यमा राजु श्रेष्ठ र दलित सदस्यमा अष्टबहादुर सार्की रहनु भएको संस्थाका व्यवस्थापक कुमार खत्रीले जानकारि दिनुभयो ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नवराज कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरेको छ । सदस्यमा केशव प्रसाद काफ्ले, अमृतबहादुर खड्का रहनु भएको छ । सहकारीको शेयर पुँजी २ करोड ४८ लाख ४१ हजार ४ सय रहेको छ भने कुल सम्पती ४१ करोड ८७ लाख ७७ हजार ३ सय ५६ रुपयाँ ५३ पैसा रहेको छ ।
अर्थ
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संचालक समिति अध्यक्षमा सिताराम उप्रेती सर्व सहमतिमा चयन
दिपक बस्नेत मंसिर २६, तामाकोशी । भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तामà…
थप सामग्री
श्री भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधार सभा धुमधामका साथ समन्न
जफेमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक उत्सव तथा १२ औं बार्षिक साधारण सभा सम्पन्न
गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न
जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुशिला कार्की पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति सर्व सहमतिमा चयन