BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
अर्थ

४० किलो चामलले तीन कट्ठा घरघडेरी लिलाममा

महोत्तरी — भोक मेटाउन साहुबाट उधारोमा लिएको चामलले महोत्तरी धिरापुरकी तेतरीदेवॅ

४० किलो चामलले तीन कट्ठा घरघडेरी लिलाममा

महोत्तरी — भोक मेटाउन साहुबाट उधारोमा लिएको चामलले महोत्तरी धिरापुरकी तेतरीदेवी सहनीले कुनै दिन परिवारकै उठीबास हुन सक्छ भन्ने सोचेकी पनि थिइनन् । तर त्यही उधारो चामलले उनको परिवार अहिले बिखलबन्दमा छ ।

मटिहानी नगरपालिका–१ धिरापुरकी तेतरीले गाउँका साहु जगदीश साहसँग सात वर्षअघि ४० किलो चामल उधारो लिएकी थिइन् । त्यसबापत जगदीशले सादा कागजमा तेतरीको औंठाछाप लगाएका थिए । चामल लिएको एक वर्षपछि साहले पैसाको ताकेता गर्न थाले । तेतरीले गाउँकै अर्का व्यक्तिसँग ऋण मागेर २० हजार जगदीशलाई बुझाइन् । तर हिसाब चुक्ता भए होला भनेर सोचेकी तेतरीलाई एक वर्षपछि अर्को झड्का लाग्यो । २० हजार दिएको वर्ष दिनपछि फेरि जगदीशले तेतरीसँग ९ लाख लिनु छ भन्दै कागज देखाएर पैसा माग्न र धम्काउन थाले । खाँदै नखाएको ऋणको कागज देखाउँदा आफू छाँगाबाट खसे जस्तै भएको तेतरी बताउँछिन् ।

तेतरीले पटकपटक आफूले पैसा नलिएको र चामलको पैसा दिइसकेको भन्दै पञ्चायत राखिन् । पञ्चायतमा तेतरीले पैसा नतिर्ने बताएपछि जगदीशले तेतरीविरुद्ध एक वर्षअघि महोत्तरी जिल्ला अदालतमा मुद्दा नै हाले । तेतरीले फेरि पञ्चायत बोलाइन् । तेतरीबाट १ लाख लिएर गाउँ पञ्चायतले मुद्दा फिर्ता लिन आग्रह गरेपछि जगदीशले सहमति जनाउँदै गाउँलेकै अगाडि उनीसँग १ लाख रुपैयाँ लिए । ऋण गरेर जगदीशलाई १ लाख बुझाइसकेकी तेतरीविरुद्धको मुद्दा जगदीशले भने फिर्ता लिएनन् । अनेक जालसाजी कागजात पेस गरेर अदालतमा उनी झनै बलियो रूपमा उभिए । मुद्दा किनारा लाग्ने क्रममा अहिले महोत्तरी जिल्ला अदालतले तेतरीको तीन कट्ठामा रहेको घरघडेरी लिलाम गर्न आदेश दिएको छ । अदालतले समेत घर खाली गर्न पत्र दिएपछि आफू राज्यबाट समेत चरम अन्यायमा परेको तेतरी बताउँछिन् । जगदीशले आफूलाई पटक–पटक घरबाट निस्कन धम्की दिएकाले उनी अहिले जिल्ला प्रशासन कार्यालयदेखि अन्य निकाय र व्यक्तिलाई गुहार गरिरहेकी छन् ।

जिल्लामा जगदीशजस्तै मिटरब्याजीको समूह नै सक्रिय रहेका कारण गरिब तथा विपन्न समुदायको उठीबास लाग्दै आएको छ । महोत्तरीमा झूटा तमसुक बनाएर गरिबको शोषण गर्ने क्रम रोकिएको छैन । मिटरब्याजीको परिचय बनाएका धिरापुरका अर्का व्यक्ति विनोद साहको दबदबा अन्य पालिकामा समेत छ । विनोदले आफूमाथि अन्याय गरेको पिपरा गाउँपालिका अतराका रामसागर मण्डलको भनाइ छ ।

चार वर्षपहिले उनले घरव्यवहार चलाउन विनोदसँग डेढ लाख ऋण लिएका थिए । डेढ लाखको ब्याज जोड्दै ६ लाख रकम बुझाइसक्दा पनि विनोदले ४० लाख तिर्नुपर्ने भन्दै धम्क्याइरहेको मण्डलले बताए । अहिले विनोदले ४० लाख तिर्न दबाब दिँदै जेल जान तयार हुनू भनेर डर देखाउने गरेको मण्डलले गुनासो गरे । मटिहानी धिरापुर घर भएका मिटरब्याजी भनेर चिनिने एकै परिवारका जगदीश साह, विनोद साह र राजकुमार साहले धिरापुरको एकै टोलका गरिब तथा दलित २५ परिवारको उठीबास लगाउन खोजेको पीडित उर्मिला देवीको भनाइ छ ।

थप सामग्री