BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
शिक्षा

धनुषाको भिमानबाट 'गरुडा' प्रक्षेपण गरिँदै

काठमाडौँ — नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ नामको रकेट अगामी शनिबार धनॅ

धनुषाको भिमानबाट 'गरुडा' प्रक्षेपण गरिँदै

काठमाडौँ — नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ नामको रकेट अगामी शनिबार धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिने भएको छ । स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि रकेट परीक्षण गर्न लागिएको हो । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

यो विश्वको सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धा हो । ‘हामीले विज्ञानका पिता अल्बर्ट आइन्सटाइनको जन्मोत्सवको अवसर पारेर मार्च १५ मा लन्च गर्ने तयारी गरेका थियौं,’ निर्माणकर्ता मोहन तामाङले भने, ‘विविध कारणले हुन सकेन ।’ प्रक्षेपण सफल भए गरुडा अमेरिकी आकाशमा उड्नेछ ।

रकेटमा माथिल्लो उचाइबाट तस्बिर खिच्न मिल्ने गरी क्युबस्याट क्यामेरा पनि जडान गरिएको तामाङले बताए । १० हजार फिटमाथि पुग्ने यो रकेट प्रक्षेपण भएपछि प्यारासुटको सहायताबाट ती उपकरण झारिने व्यवस्था मिलाइएको छ । रकेटको मोटर टेस्ट पनि सफल भएको उनले बताए । ‘प्रारम्भिक परीक्षण सबै सफल भयो, अब प्रक्षेपण गरेपछि थाहा हुन्छ,’ उनले भने । लन्च गरेपछि कुनै समस्या नदेखिए अर्को प्रोटोटाइप तयार गर्ने उनले बताए । रकेटले ४ किलोग्रामसम्मको सर्भिलेन्स २ युनिट क्युबस्याट बोक्न सक्छ । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ । यो प्रतिसेकन्ड १ हजार १ फिटको गतिले उड्न सक्ने तामाङले बताए । फाइबर ग्लासबाट निर्माण भइरहेको रकेटको तौल २२.६ केजी छ ।

थप सामग्री