रामेछाप। मन्थली नगरपालिका को मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८३ का लागि स्नातक तथा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा भर्ना खुला गरेको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले जिल्लामै बसेर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै विभिन्न विषयमा अध्ययनका लागि भर्ना आह्वान गरेको हो।
क्याम्पसमा स्नातक तहअन्तर्गत शिक्षा संकायमा नेपाली शिक्षा, अंग्रेजी शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा र गणित शिक्षा विषयमा बीएड (B.Ed.) सञ्चालन हुँदै आएको छ। त्यस्तै व्यवस्थापन संकायअन्तर्गत बीबीएस (BBS) मा एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ तथा मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बीए (BA) मा नेपाली, अंग्रेजी, समाजशास्त्र, ग्रामीण विकास र अर्थशास्त्र विषयमा अध्ययन गर्न सकिनेछ।
यसैगरी स्नातकोत्तर तहमा एमएड (M.Ed.) अन्तर्गत नेपाली शिक्षा, अंग्रेजी शिक्षा, स्वास्थ्य शिक्षा तथा शैक्षिक योजना र व्यवस्थापन (EPM), एमबीएस (MBS) अन्तर्गत व्यवस्थापन र एमए (MA) अन्तर्गत समाजशास्त्र, ग्रामीण विकास तथा राजनीतिशास्त्र विषयमा भर्ना खुलेको क्याम्पसले जनाएको छ।
आफ्नै जिल्लामा रहेर गुणस्तरीय उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस महत्वपूर्ण शैक्षिक गन्तव्यका रूपमा रहेको छ। उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्तरमै अध्ययनको अवसर प्रदान गर्ने उद्देश्यले क्याम्पसले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
क्याम्पसले इच्छुक विद्यार्थीलाई समयमै भर्ना भई आफ्नो शैक्षिक भविष्य सुनिश्चित गर्न आग्रह गरेको छ।
थप जानकारी तथा भर्नाका लागि सम्पर्क:
क्याम्पस: ०४८–५४००५३
क्याम्पस प्रमुख: ९७६८५३८३५३
लेखापाल: ९७६८५३८३३३
प्रशासन शाखा: ९८४४०४४७४७
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थली–१, रामेछाप।
आफ्नै जिल्लामा उच्च शिक्षा, उज्ज्वल भविष्यको आधार।
