रामेछाप। रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिकाकी प्रतिभाशाली चेली ज्योति घिमिरे लोक सेवा आयोगको परीक्षामा नाम निकाल्न सफल हुनुभएको छ।
उहाँको यो उल्लेखनीय सफलताले गोकुलगङ्गा गाउँपालिका मात्र नभई सिङ्गो रामेछाप जिल्लामै खुसीको लहर छाएको छ। मेहनत, लगनशीलता, निरन्तर प्रयास र दृढ इच्छाशक्तिको परिणामस्वरूप प्राप्त यस उपलब्धिले गाउँपालिका तथा जिल्लाकै गौरव बढाएको छ।
ज्योति घिमिरेको यस सफलताले अन्य युवायुवतीलाई समेत आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
यस गर्विलो तथा दुर्लभ सफलताका लागि ज्योति घिमिरेलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनमा पनि उहाँको यात्रा सफलताका नयाँ उचाइतर्फ अघि बढिरहोस्।
हार्दिक बधाई ।
