दिपक बस्नेत
फागुन २४, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । पालिकाको प्रत्येक वडाहरुले विभिन्न कार्यक्रम सहित दिवस मनाइएको महिला बालबालिका शाखा प्रमुख सचिना न्यौपानेले जानकारी दिनुभयो ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को अवसरमा "gender equality today for a sustainable tomorrow" भन्ने अन्तराष्ट्रिय नार र सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित ८ मार्च महिला श्रमिक दिवस विभिन्न कार्यक्रम संचालन गरिएको हो ।
पालिका भित्रका सवै वडाहरुमा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित नारा लगाई आ-आफ्नो वडामा कार्यक्रम गरिएको पालिकाले जानकारी दिएको छ ।
यस अघि तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय जफेमा अभिमुखिकरण कार्यक्रममा सम्पन्न गरिएको थियो । अभिमुखिकरण कार्यक्रमको पालिकाका उपाध्यक्ष उर्मिला खड्का केसी र आवाज नेपाल दोलखाका सचिव सर्मिला थापाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका महिला सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
शिक्षा
तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
दिपक बस्नेत फागुन २४, तामाकोशी । तामाकोशी गाउँपालिकामा ११२ औं अन्तर्राष्ट्रिय महिà…
थप सामग्री
तामाकोशी गाउँपालिकामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
सितापाईला माध्यमिक विद्यालयलमा उच्चशिक्षा अध्ययन अध्यापन गराउँने लक्ष्य– पोखरेल
सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरलाई बढाउँनु पर्ने
श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम सम्पन्न, विद्यालय उत्कृष्ट बन्नेमा अभिभावक ढुक्क ।