BG News सत्य। समयमै। सरल।
ब्रेकिङ
एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना एमालेका महासेठ र जसपाका महत्तो सहित आठ सय भन्दा बढी नेता कार्यकर्ता र स्थानीय जनमतमा प्रवेश, अध्यक्ष राउतले भने ः जनताको लागी ज्यान दिन तयार छुकल्याणपुरका मेयर भन्छन्: सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्एमाले सचिवालय बैठकको निष्कर्ष( राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर आयोकमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता कर्मचारी माथि भएको हातपात विरुद्ध मिर्चैया नगरपालिकाको कर्मचारीहरुको शान्तिपूर्ण प्रर्दशन ट्राफिक कार्यालय लहानद्धारा सर्वसाधारणमा सचेतना ल्याउन ट्राफिक सप्ताह २०८० सुरुसंखुवासभा मे सिमरिक एयर हेलीकॉप्टर दुर्घटना
शिक्षा

तामाकोशी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रम संचालन गरि सम्पन्न ।

दिपक बस्नेत मंसिर २४, तामाकोशी ।  हिंसा कहिल्यै नगर्ने, हिंसा कहिल्यै नसहने, हिंसाà…

तामाकोशी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रम संचालन गरि सम्पन्न ।

दिपक बस्नेत
मंसिर २४, तामाकोशी ।
 हिंसा कहिल्यै नगर्ने, हिंसा कहिल्यै नसहने, हिंसाको प्रतिवाद गर्ने भन्ने मूल नारा सहित ३० औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध दिवश २०२१ (२०७८) अन्तराष्ट्रिय नारा Orange the world: End Violence Against Women Now र राष्ट्रिय नारा ः “घरैदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्दै घरेलु हिंसा अन्त्यकालागि “घर र समाजको ऐक्यवद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता” भनि तामाकोशी गाउँपालिकामा विभिन्न कार्यक्रम संचालान गरि सम्पन्न गरिएको छ ।
आज अन्तिम दिन लैङ्गिक हिंसा सम्वन्धी लोकगीत प्रतियोगीताको आयोजना गरि सम्पन्न गरिएको हो । तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा प्रत्येक वडाका प्रतिस्पर्दी मध्ये प्रथम हुने समुहको विचमा प्रतियोगीता संचालन गरिएको थियो ।  पालिका भित्रका ७ वडाका ७ समुह प्रतियोगीतामा सहभागिता जनाएका थिए । जस्मा सितापाईला मावि प्रथम, कालिदेवी ताजा तरकारी समूह द्धितिय, कालिका देवी समूह तृतिय र पिपलडाँडा आमा समूह सान्तोना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तोना हुने सहभागीलाई नगद सहित प्रमाण पत्र पालिका उपाध्यक्ष उर्मिला खड्का के.सी र प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रतियोगीतामा अन्य सहभागिलाई पनि प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
तामाकोशी गाउँपालिकामा मंसिर १७ गते वडा नं.४ र ५ मा, १८ गते वडा नं १, २ र ३ मा र १९ गते वडा नम्बर ६ र ७ मा एक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रममा पालिका उपाध्यक्ष उर्मिला खड्का (के.सी.) र सम्बन्धित वडाका वडाध्यक्ष, महिला वडा सदस्यहरु, कार्यपालिका सदस्य, जिल्ला समन्वय समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा १६ दिने अभियानको शुरुवात किन, कसरी, कहाँबाट भयो ? लैंगिक तथा घरेलु हिंसाका घटनाहरु बढ्नुका कारण, त्यसले घर परिवार, समुदाय, र राष्ट्रको दीगो विकासमा पार्ने नकारात्मक असर के कस्ता छन् भन्ने बारेमा छलफल गर्नुका साथै हिंसा अन्त्यका उपायहरु, सावधानी, कानुनी प्रावधान, दण्ड सजाँयको बारेमा अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा जानुका न्यौपाने, मेनुका सुवेदी, गायत्री आचार्य, किर्ने प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सिता राम कार्की, प्रहरी चौकी छौंडेका पहरी जवन सागर रिजालले सहजीकरण गर्नु भएको थियो ।
सो कार्यक्रममा पालिका उपाध्यक्ष उर्मिला के.सी.ले १६ दिने अभियानमात्रै लैंगिक तथा घरेलु हिंसा अन्त्यका लागि पर्याप्त नभएपनि यो एउटा अभियान हो निरन्तर यसलाई हरेक निकाय, व्यक्तिले व्यवहारमा लागू गर्नुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । र वडास्तरको अभिमुखीकरण कार्यक्रम र वडास्तरीय लोकगीत प्रतियोगिता सम्पन्न गरिएको थियो ।

थप सामग्री